Narayan Gopal Guruwacharya (Gurbacharya) is by far the most prominent and popular singer in Nepali music. Narayan Gopal is the name that comes first when people think of or talk about Nepali music. Although many recognize him as a singer, he was also an accomplished music composer. His voice range allowed him to sing songs of every genre, often richly orchestrated with sitar, harmonium and flute.
Wednesday, August 26, 2009
Narayan Gopal Website
I am a fan of Narayan Gopal and I am compiling everything about the great singer. This website will feature :
- Biography
- Songs and music
- Videos
- Articles related to Narayan Gopal
I have collected more than 100 songs till date. Sample on how I will present them is posted in previous posts.
Please contribute to make it a complete site.
Thank you.
'गीत-गंगा' र तुहिएको सपना स्वर सम्राट नारायण गोपालको शब्द-सम्झना
कुनै एकदिन पेमला भाउजूसित नारायण दाइका बानी- व्यहोराबारे मैले कुरा गरेथेँ । उनले सार्वजनिक नगर्ने सर्तमा भनेका कुराबाहेकको एउटा कुरा, सन्दर्भले आज सम्झिएँ । भन्थिन्- 'भाइ ! नारायणको एउटा सपना थियो । यो घर संगीत-ट्रस्टको नाममा जाओस्, अगाडिको फूलबारीमा एउटा चिटिक्कको सांगीतिक हल बनोस् र त्यसको नाम 'गीत-गंगा' रहोस् ।' यसो भनिरहँदा पेमला भाउजूको मुहार निकै उत्साहपूर्ण देखिन्थ्यो । त्यसबखतसम्म उनको स्वास्थ्य त्यति खस्किएको पनि थिएन । उतिबेला, यसो भन्दै गर्दा मेरो मस्तिष्कमा भने नारायण गोपालको एउटा लोकपि्रय गीत घुमिरहन्थ्यो ।
यसैगरी बिताइदिन्छु, दुई दिनको जिन्दगी हाँसो म लुटाइदिन्छु, आफू आँसुमा डुबी साँच्चै नारायण गोपालको भावनात्मक अभिव्यक्ति अजीवको थिएछ । नत्र तिनका गीत पछाडि हाम्रा मान्छे यसरी झुत्तिने थिएनन् । उनका भावनामा रमाउने जमातको संख्या अहिले पनि अकल्पनीय छ भन्ने ठान्छु । साथै म एउटा मान्यताको अनुयायी पनि छु- 'मनको गहिराइको अभिव्यक्तिले प्रवाह गर्ने सम्प्रेषण र त्यसको वृत्त उत्तिकै प्रभावशाली र फराकिलो हुन्छ ।' नारायण गोपालले निर्माण गरेको साहित्य र संगीतको सहकार्यको उदाहरण उनको मनको गहिराइको अभिव्यक्ति हो, जुन कहिल्यै साँघुरिने छैन । झन् फैलनेछ । उनको भौतिक अवसानको अठारौं वर्षमा म किन यो भन्दैछु ? केही अनुभवले मात्र न हो ! जो हरेक मोडमा भोगिँदै आइएका छन् । थोरै नै सही, मैले पनि त अरू धेरैले झैं सहरका फुटपाथ र गाउँका गोरेटाहरू घुमेको छु । घुम्नुलाई पढ्नु जत्तिकै ज्ञानबर्द्धक पनि त ठान्ने गर्छु । त्यसैले घुम्दा मात्र घुम्ने उद्देश्य लिन्न है ! वरिपरि केही भेटिए तिनको अवलोकन पनि गर्छु र क्षमताले भ्याएसम्म तिनको गहिराइमा पस्ने प्रयत्नसमेत गर्छु ।
घटना- १
मंसिर उन्नाइस । दिन हुन्छ, नारायण गोपालको अवसानको । घण्टाघर छेउको फुटपाथमा म र मेरो मित्र सौरभ हिँड्दै हुन्छौं । हाम्रा छातीभित्र ओइलिएका मन र हातमा भने फक्रिएका फूल हुन्छन् । मान्छेको लाम एकेडेमीबाट सुरु भएर घण्टाघरसम्म तन्किएको हुन्छ । ठीक त्यही बेला एउटा हामीभन्दा अलिक पाको उमेरको सुट-बुटमा सजिएको बटुवा हाम्रासामु उभिन्छ र प्रश्न गर्छ- 'ए भाइ ! यो केको हुल हो हँ ?' बाहिरी स्वरूपले ऊ पढैया नै देखिन्थ्यो र लवजले भने काठमाडौंको स्थानीय भन्ने खुल्थ्यो । मैले उसको जिज्ञासा मेट्ने धेयले भनेँ- 'डाइ ट खबर मरुला ? नारन् डाइ मण्ट नि !'
-दाइलाई थाहा छैन ? नारान् दाइ रहनुभएन नि ! मेरो सिकारु भाषाको भेउ पाएरै हुनुपर्छ, ऊ नेपालीमै प्रतिप्रश्न गर्छ- 'को नारन् दाइ ?' म पनि कस्तो ? नारन् त कति छन् कति नि ! तुरुन्त बोल्छु- 'नारायण गोपाल के ! गायक !'- हाम्रो 'खोज पत्रकारिता'को विकासले हो या 'थर-प्रेमी'को प्रचार अभियानले हो, हिजोआज पुराना कलाकारको नाममा अनिवार्य रूपले थर जोडिन थालेको छ । मलाई भने त्यसबेलासम्म नारायण गोपालको थर थाहै थिएन र अहिले पनि महत्त्व दिन्न है ! मेरो अनुमान हुन्छ- नारायण गोपालको मृत्युको खबरले बटुवाको मुहारमा पक्कै केही समवेदना फैलाउला । तर एकनिमेषमै मेरो अनुमानको पर्खाल डङग्रङ्गै ढल्छ । ऊ त 'हयाऽऽऽऽ' आवाज निकाल्छ र बेवास्ता जनाउँदै आफ्नै बाटो लम्कन्छ । छ नि ! मलाई यो घटनाले निक्कै ठूलो असर गरेछ । त्यसैले त यद्यपि त्यसलाई सम्झेकै छु । सम्झेको मात्र होइन, त्यो बटुवाको माध्यमबाट मैले हाम्रो समाजमा साहित्य र संगीतलाई बेवास्ता गर्ने तप्का पनि त रहेछ भन्ने जानकारी पनि पाएको छु । जुन अहिले पनि पक्कै कायम छ भन्ने ठान्छु ।
घटना- २
मंसिर उन्नाइस । त्यही दिनको दोस्रो घटना । मैले नजिकबाट चिनेको एकजना आदरणीय, एकेडेमीको प्राङ्गणमा भेटिन्छन् । नारायण गोपालका गीतका श्रोता त उनी हुन् भन्ने मलाई स्पष्ट थाहा थियो । साथै आफ्नो सिद्घान्तका भने कडा प्रतिपालक । नारायण गोपालका विषयमा चर्चा चल्दा उनले बढी उच्चारण गर्ने शब्दमा 'बुर्जुवा' र 'अप्रगतिशील'जस्ता शब्द पर्थे । अझ उनी नारायण गोपालको निजी जीवनका समेत कडा आलोचक थिए । नारायण गोपालका 'फयान'हरूका भीडमा रुमल्लिएका उनको क्रियाकलाप म राम्ररी निहारिरहेको हुन्छु । त्यतिबेलै नारायण गोपालको शवयात्रा आरम्भ हुन्छ । तिनै महोदय, जो आफ्नो झोलामा भूमिगत राखिएको फूलको थुंगा निकाल्छन् र नारायण गोपालको शवतर्फ हुत्याउँछन् । त्यसबखतको उनको हाउभाउले के भान परिरहेको थियो भने- उनको उक्त क्रियाकलाप कसैले पनि प्रस्ट गरी देख्न नपाओस् । यो घटनाले त अघिल्लो घटनाले भन्दा झन् धेरै चक्मा पो दिन्छ त मलाई ! मैले यो घटनाको माध्यमले भनेँ- नारायण गोपालको अन्तरमन केन्दि्रत कलाको शक्ति र हाम्रो समाजको आडम्बर -जसले हाम्रा व्यक्ति-व्यक्तिको अन्तरमनलाई दह्रो गरी गाँजेर बसेको हुन्छ या छ भनौं ! लगायतका धेरै सामाजिक आयामलाई बुझ्ने अवसर पाएँ भन्छु ।
घटना- ३
दिन फेरि मंसिर उन्नाइसकै । यो घटना त्यति पुरानो त होइन, तर नयाँ पनि त होइन । विगत केही वर्षदेखि चल्दै आएको एउटैखाले पटयारिलो क्रियाकलाप । नारायण गोपाल र पेमलाको संयुक्त मिहेनतले निर्माण गरेको घरको प्राङ्गण । जुन ठाउँमा नारायण गोपालले 'गीत-गंगा'को परिकल्पना गरेर गएका हुन् । त्यही ठाउँ र उनको नाममा सञ्चालित 'नारायण गोपाल संगीत-कोष' । जसले हरेक वर्ष नारायण दाइको एउटा औपचारिक सम्झनाको आयोजना गर्छ । कुनै एक साधकलाई सम्मान गर्छ । यसपाली पनि गर्यो । निम्ता थियो । म पनि पुगेथेँ । भाषण सुनेथेँ । प|mान्समा बसेका नरेन्द्र बाटाजू भाषणबाटै सम्मानित भए । उनलाई हाम्रा मूर्धन्य मान्यजनहरूले 'सितार सम्राट'को पगरी गुँथाए । राजनीतिबाट राजा पलायन भएका बखत संगीतमा 'सम्राट'को खोज ! अचम्म मानेँ । हरेक वर्षझँै 'गीत-गंगा' र नारायण गोपालका सपनाकै कुरा पनि भए । परार, पोहोर र यसपाली । उही, उस्तै । विलकुल निरीह । कोषमा रहेका सबकै आदरका पात्र हुन् । मान्छौं । कसरी कुरा काटुँ र खै । सबै 'स्वनामधन्य' । मूर्धन्य । सिर्जनशील । उद्यमी । आफ्नो क्षेत्रका सफलतम व्यक्तिहरू । तर 'गीत-गंगा' र नारायण गोपालको अर्केष्ट्राको सपना भने अझै विफलताको शृङखलामा ! नारायण गोपालजस्तो साझा र सर्वमान्य नेपाली 'आइकन'को नाममा समेत यत्रो लामो विफलता ! अचम्म मान्नुबाहेक केही पनि त छैन ।
यो मंसिर उन्नाइस पनि पाठै सिकाउनमात्र आएजस्तो । छ नि त हाम्रोमा संस्थाहरू धेरै बन्छन् । तर सफल कमै । होलान्, तिनका अनेक कारण । पहिलो त हामी कवि कलाकारसित मिसाएर केही सिपालु व्यापारीलाई समेट्दै व्यवस्थापन जिम्मा लगाउन खोज्छौं । कवि कलाकार र व्यवस्थापन त नदीका विपरीत किनारजस्तै हुन् । यो विश्वमै समेत स्थापित मान्यतासरह नै छ । सस्तो व्यापारी सोचचाहिँ सिर्जनशीलताको मानमर्दन र निजी पोल्टातिरको ध्यानमा केन्दि्रत । चौतर्फ यस्तै खाले निरन्तरता त देखिन्छ
नि ! हेरुँ न हौ ! चाहे त्यो राष्ट्रिय प्रज्ञा-प्रतिष्ठान गठन गरेर होस् या निजी कोषहरू गठन गरेर, वर्षौंदेखि असफलता र गुनासामात्र थुपार्दै त आएक छौं नि ! हामीले यो शैलीलाई कहिले फेर्छौं कुन्नि ! नफेरुन्जेल त हाम्रो अवस्था बिग्रेको घडीको सुइजस्तो अड्कन्छ नै, या अड्किएकै छ भनौं न । घडी बिगार्दैमा समय त रोकिन्न नि ! समयको त नियति नै हो, हरक्षण फुत्किरहने । यस्तोमा एकपलमात्र नै सही । सोचे हुने नि तिनले गाएजस्तो-
यसैगरी बिताइदिन्छु, दुई दिनको जिन्दगी
हाँसो म लुटाइदिन्छु, आफू आँसुमा डुबी ।
(from - majheri.com/node/1017)
Sunday, August 23, 2009
Kehi Mitho Baat Gara
Video:
Lyrics
Kehi mitho baata gara, raata tyasai dhalkindai chha – 2
Bhare pheri eakanta ma, runu ta chandai chha
Kehi mitho baata gara, raata tyasai dhalkindai chha
Ramailo kura gara, sapana ko kura gara – 2
Sanga sangai bitayeko samjhana ko kura gara
Samjhana ko kura gara
Dukha chhoda, dukha lai ta jindagani chandai chha
Bhare pheri eakanta ma, runu ta chandai chha
Kehi mitho baata gara, raata tyasai dhalkindai chha
Aau naachaun andhayro ma, junkiri naache jastai – 2
Batasama udun aaja, simalako bhuwa jastai
Simalako bhuwa jastai
Kehi kadam saatha hindau, chhutinu ta chandai chha
Bhare pheri eakanta ma, runu ta chandai chha
Kehi mitho baata gara, raata tyasai dhalkindai chha
In Nepali
Saturday, August 22, 2009
Priyasi ka yaad haru
Lyrics/Music: Dibya Khaling
Singer: Narayan Gopal
In Nepali
प्रियसीका यादहरु कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेरें
पिरतीका घातहरु भरिएको मुटु
रसिएका दुई आँखालाई सुकाएर हेरें
प्रियसीका यादहरु
जीवन यहाँ जताततै अंगालेको कथा जस्तै
यहाँ मुटु चारैतिर भंगालेको व्यथा जस्तै
आफ्नै पाइला आफ्नै बाटो संगालेको जेथा जस्तै
प्रियसीका यादहरु
सम्झनाका छाँयाहरु छाती भरि धुंवा जस्तै
तिर्खाएको पानीलाई नमेटिने कुंवा जस्तै
वास खोज्दै उडी हिड्ने सिमलको भुवा जस्तै
प्रियसीका यादहरु कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेरें
प्रियसीका याद हरु
In roman
priyasi ka yaad haroo koriye ko mutoo
Ekanta ma aaja yaha phukaayera herey
Pirati ka ghaat haroo bhariye ko mutoo
Rasiye ka dui ankha lai sukaayera herey
Priyasi ka yaad haroo
Jiwan yaha jata tatai angaaley ko katha justai
yaha mutoo chaarai tira bhangaaley ko bhyatha justai
Afnaai paaila afnaai baato sangaaley ko betha justai
priyasi ko yaad haroo
samjhana ka chaya haroo chhati bhitra dhuwa justai
tirkhaye ko paani lai nametiney kuwa justai
Baas khojdai udee hindney simala ko dhuwa justai
priyasi ko yaad haroo koriye ko mutoo
ekanata ma aaja yaha phukayera herey
priyasi ka yaad haroo
Listen the song:
Narayan Gopal Gurbacharya
Narayan Gopal
Narayan Gopal was born to a Newar family in Kathmandu, Kilagal on 18th of Ashoj1996 Bikram Sambat (BS). His father, Ashagopal Gurbacharya, was a classical musician and wanted his son to follow his footsteps. Narayan Gopal was interested in music from an early age but not exactly into classical field. He studied music in India.
The late Gopal Yonjon and Narayan Gopal were good friends and "mits".(It's a nepali custom where good friends enter into a kind of a lasting friendship. This is generally seen as strengthening the friendship bond.) Narayan Gopal has sung many beautiful and soulful songs composed by Gopal Yonjon.
Narayan Gopal married his long time fan from Darjeeling, Pemala Lama in Falgun 2027 BS.He has sung over 500 songs, including in films, ballets and drama. Most of his songs are melodies. It is said that he was very selective about which songs he sang.
In Nepali:
स्वर सम्राट नारायण गोपाल
स्वरसम्राट् नारायणगोपाल गुरुबाचार्यको जन्म वि.सं. १९९६ असोज १८ गते बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको सन्तानका रूपमा काठमाडौँ किलागलमा भएको हो । वि.सं. २०२७ साल फागुनमा पेमालाका साथ उहाँको विवाह सम्पन्न भए पनि सन्तान भएनन् । चार जना दाजु-भाइ र ३ जना दिदी-बहिनीमध्येका एक नारायण गोपालले मानविकीमा स्नातकोत्तर गर्नुभयो ।
बडोदा (भारत) मा शास्त्रीय संगीतको अध्ययन थालेर पूरा नगर्दै छाड्नुभयो । डिस्क र टेप गरी जम्मा २ सयवटा प्रसारित गीत गाएका नारायण गोपालले २०२३ सालमा सर्वोत्तम संगीतकार (रेडियो नेपाल), २०२४ सालमा सर्वोत्तम गायक (रेडियो नेपाल), २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु चौथो, २०४० सालमा इन्द्रराज्यलक्ष्मी पज्ञा पुरस्कार, २०४३ सालमा लायन्स अवार्ड, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार, २०४७ सालमा उर्वशी रङ पुरस्कार र २०४८ सालमा त्रिशक्तिपट्ट तेस्रो (मरणोपरान्त) जस्ता पुरस्कारबाट सम्मानित हुनुभयो ।
खाना बनाउने, चेस खेल्ने चंगा उडाउने, फुटबल म्याच हेर्ने, टेबुल (विशेष गरी कोठाको) अगाडि पर्यो कि बजाउन थालिहाल्ने खालको उहाँको बानी र शौख थिए । बागीनाको प्रकाशक तथा संस्कृतिक संस्थानका महाप्रबन्धक, सञ्चार मन्त्रालयमा सल्लाहकारसमेत हुनुभएका नारायण गोपालले गीति नाटकको कथा 'कान्छी मस्याङ' लेखनुभएको थियो । उहाँको निधन वि.सं. २०४७ साल मंसिर १९ गते भयो ।