Thursday, October 29, 2009

Parkhi Base Aaula Bhani

By:नीर शाह

पर्खिबसें आउला भनी मेरो उठ्ने पालो
कुर्दा कुर्दा जिन्दगी नै भइगएछ कालो

वारीपारी अँध्यारो छ आँखा खोली हेर्दा
अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा
आफ्नै छायाँ आफैंसँग भागी हिंड्न थाल्यो
आफ्नै माया आफैंलाई बोझ लाग्न थाल्यो

तातो हावा बहिदिन्छ मुटु पोल्ने गरी
निरासाको दियो जल्छ दिलै जल्ने गरी
वर्षौं भयो चलेकै छ मनभित्र यो आँधी
वाध्यतामा बाँच्नुपर्यो चाहनालाई बाँधी

Sunday, October 25, 2009

Malai chodi mero chhaya

शब्द - क्षेत्रप्रताप अधिकारी
स्वर, संगीत - नारायण गोपाल
एल्बम - प्रेयसीका यादहरु

मलाई छोडी मेरो छायाँ कतै झरेछ
तिमीसम्म आइपुग्दा साँझै परेछ

त्यसै कति बिते मेरा चिसा चिसा रातिहरु
तातो माया संगालेर खोजिरहें साथीहरु
वैंश छँदा नपुगेको रातै ढलेछ
तिमीसम्म आइपुग्दा साँझै परेछ

नलेखेको गीत मेरो पाखाभरि गाए जस्तो
नदेखेको माया मेरो आँखाभरि पाए जस्तो
जिन्दगीको छेउमा कतै ज्योति झरेछ
तिमीसम्म आइपुग्दा साँझै परेछ

Monday, October 19, 2009

Yo Samjhene maan cha

शब्द - दिनेश अधिकारी
स्वर, संगीत - नारायण गोपाल
एल्बम - प्रेयसीका यादहरु


Lyrics
Yo samjhine maan cha
Birsu kasuri...
Timinai bhani deu...
Ey....Jane nithuri

Yo samjhine maan cha
Birsu kasuri...
Timinai bhani deu...
Ey....Jane nithuri

Ee aaula tinai hun
Timile chune ka
Pareli enai hun
Timile puche ka

Ee aaula tinai hun
Timile chune ka
Pareli enai hun
Timile puche ka

Ma sakdina aafnai
Pratibimba chopna
Ma sakdina chhati
Futayera jodna

Pakhale yeh akha pani
Drishye uhi cha
Jaha nai ma hide pani
Dharti uhi cha

Pakhale yeh akha pani
Drishye uhi cha
Jaha nai ma hide pani
Dharti uhi cha

Na sakchu ma
Aakash chithorera ferna
Na sakchhu ma joon ko
Ujyalo nai chhekna...

Yo samjhine maan cha
Birsu kasuri...
Timinai bhani deu...
Ey....Jane nithuri...

In Nepali
यो सम्झने मन छ म बिर्सुं कसरी
तिमी नै भनिदेऊ ए जाने निष्ठुरी

यी औंला तिनै हुन तिमीले चुमेका
परेली यिनै हुन तिमीले पुछेका
म सक्तिन आफ्नै प्रतिविम्व छोप्न
म सक्तिन छाति फुटाएर जोड्न

पखाले यी आँखा पनि दृष्य उही छ
जहाँ नै म हिंडे पनि धरती उही छ
न सक्छु म आकाश चिथोरेर फेर्न
न सक्छु जूनको उज्यालो नै छेक्न