Timilai Bhulda Ma Eklo Parechu
तिमीलाई भुल्दा म एक्लो परेछु
तिमीलाई सम्झे तिमी साथ आयौ
कुनै चिज मीठो म खोजिरहेथे
म् सोंचिरहेथे तिमी याद आयौ
उज्ज्यालो बढेझैं भयो आज झन् झन्
उज्ज्यालो त मुस्कानले बल्छ भन्छन्
कि मैलाई सम्झि तिमी मुस्कुरायौ
कि आयौ तिमी चाँदनी रात आयो
कुनै चिज मीठो म खोजिरहेथे
म सोंचिरहेथे तिमी याद आयौ
तिमीले पनि सम्झिएकि भए लौ
चुम्यौ चाहनाले अझै मन् परायौ
मलाई भुलेकि भए के भनू ख्वै
तिमी हर्षायौ के बिस्मात आयो
कुनै चिज मीठो म खोजिरहेथे
म सोंचिरहेथे तिमी याद आयौ
Singer: Narayan Gopal
Music: Divya Khaling
Lyrics: Kanchan Pudasaini
Timilai Bhulda Ma Eklo Parechu
Posted by
none
Friday, August 26, 2011
at
4:40 PM
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment